ईपीएल क्रिकेटमा भैरहवाले चितवनलाई हरायाे

 असोज १८, २०७८ सोमबार १३:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन राइनोजलाई हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य भैरहवाले चार विकेट गुमाएर १३ बल अघि नै पूरा गर्‍याे । 

भैरहवाका लागि प्रदीप ऐरीले ४३ बलमा ७२ रन बनाए । यस्तै तामिम इकबलले ४० र उपुल थारङ्गाले अविजित ३९ रन बनाए । बलिङतर्फ चितवनका करिम जनतले दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले समान एक–एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनायो । चितवनका लागि करिम जनतले ३५, मोहम्मद शहजादले ३२ र सेकुगे प्रसन्नाले २४ रन बनाए । बलिङतर्फ भैरहवाका अविनाश बोहराले तीन, कुशल मल्लले दुई विकेट लिए ।

याे जितसँगै भैरहवा चार खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएकाे छ । चितवनको भने पाँच खेलमा आठ अङ्क छ । चितवन यसअघि नै क्वालिफायरमा पुगिसकेको छ ।

प्रतियोगितामा अहिले दोस्रो खेलमा काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोज खेलिरहेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया