ईपीएल क्रिकेट : पाेखराले काठमाण्डाैलाई 'डकवर्थ लुइस' नियमका आधारमा हरायाे

 असोज १८, २०७८ सोमबार १८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनाेजले काठमाण्डौ किङ्ग्स इलाभेनलाई हराएकाे छ ।

पाेखराले काठमाण्डाैलाई 'डकवर्थ लुइस' (डीएल) नियमका आधारमा १४ रनले हराएकाे हाे । काठमाण्डौले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा पाँच विकेट गुमाएर एक सय ४२ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डीएल नियमका आधारमा पोखरा विजयी भएको हो ।

पाेखराका लागि सहन अराचिगेले ४३ रन बनाउँदा विवेक यादवले अविजित ४१ रन बनाए । बलिङतर्फ काठमाण्डाैका जितेन्द्र मुखिया र गुलशन झाले समान दुई–दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले अमित श्रेष्ठको ५६ र रायन बर्लको ५० रन मद्दतमा आठ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । बलिङतर्फ पाेखराका विवेक यादवले तीन विकेट लिए ।

जितसँगै पोखरा राइनोज पाँच खेलमा सात अङ्कसहित दोस्रो स्थानमा छ । चार खेलमा दुई अङ्क जोडेको काठमाण्डौ भने पाँचाैँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया