ईपीएलमा आज लिग चरणको अन्तिम खेल : काठमाण्डौ र भैरहवा खेल्दै

 असोज १९, २०७८ मंगलबार ८:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ ।

अङ्कतालिकामा पाँचौं स्थानमा रहेको काठमाण्डौको चार खेलमा दुई अङ्क छ ।

आज काठमाण्डौ पराजित भए ललितपुरले प्ले अफमा स्थान बनाउनेछ । भैरहवा भने यसअघि नै प्ले अफमा पुगिसकेको छ । भैरहवा चार खेलमा ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया