ईपीएल क्रिकेट : क्वालिफायरमा चितवन र पाेखरा खेल्दै, एलिमिनेटरमा काठमाण्डाै र भैरहवा खेल्दै

 असोज २०, २०७८ बुधबार ७:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज बुधवार दुई खेल हुँदैछन् । आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायरमा कीर्तिपुर मैदानमा चितवन टाइगर्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्दैछन् । चितवन शीर्ष स्थानमा र पोखरा दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेका हुन् ।

यो खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । पराजित हुने टाेलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

यस्तै आज हुने एलिमिनेटरमा काठमाण्डौ किङ्स इलाभेन र भैरहवा ग्लाडियटर्स दिउँसो साढे १ बजे खेल्दैछन् ।  

ईपीएलकाे दोस्रो क्वालिफायर भाेलि बिहीवार र फाइनल असाेज २३ गते शनिवार हुनेछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया