ईपीएल क्वालिफायर : पोखरा ६६ रनमै अलआउट, सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए

 असोज २०, २०७८ बुधबार १०:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटको पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँगको खेलमा पोखरा राइनोज ६६ रनमै अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि रिचार्ड लेभीले १९ र सुनिल धमलाले १८ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकाल र शाहब आलमले चार–चार विकेट लिए । 

याे खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । आज नै दोस्रो खेलमा एलिमिनेटरमा भैरहवा ग्ल्याडियटर्स र काठमाण्डाै किङ्ग्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया