चितवन फाइनलमा, पाेखरालाई अर्काे माैका

 असोज २०, २०७८ बुधबार ११:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन टाइगर्स चाैथाे संस्करणकाे एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटकाे फाइनलमा पुगेकाे छ । 

पाेखरा राइनाेजले दिएकाे ६७ रनकाे झिनाे लक्ष्य चितवनले सात ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुगेकाे हाे । चितवनका लागि माेहम्मद शहजादले २६ बलमा ४८ रन बनाए । हसिम अन्सारीले अविजित १४ रन बनाए । बलिङतर्फ पाेखराका नन्दन यादवले एक विकेट लिए । 

यसअघि त्रिवि मैदानमा टस हारेर पहिलाे ब्याटिङ गरेको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि रिचार्ड लेभीले १९ र सुनिल धमलाले १८ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकाल र शाहब आलमले चार–चार विकेट लिए । 

याे खेल हारे पनि पाेखराले दाेस्राे क्वालिफायरकाे माैका पाएकाे छ । आजै हुने एलिमिनेटरकाे विजेतासँग पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र काठमाण्डाै किङ्ग्स इलाभेन खेल्दैछन् । 

दाेस्राे क्वालिफायर भाेलि बिहीवार र फाइनल यही २३ गते शनिवार त्रिवि क्रिकेट मैदानमै हुनेछ । 

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयाेजकले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया