गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गयो

 असोज २०, २०७८ बुधबार १६:४७:२४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको पाख्रीवासमा आज दिउँसो गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।

भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ५८४० नम्बरको बसबाट खस्दा त्यही बसका सहचालक भोजपुर नगरपालिका–११ आम्तोकका १७ वर्षीय धनबहादुर पाठकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरक्षिक डीएसपी दीपककुमार रायले बताउनुभयो ।

पाख्रीवास नगरपालिका–४ रिङकिङ डाँडामा गुडिरहेको बसको ढोकाबाट खसेर गम्भीर घाइते हुनुभएका पाठकलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

मृत्तकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । मृत्तकका आफन्तलाई खबर गरी सकिएको र भोलि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । घटना पछि बस र चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया