सन्दीप लामिछाने आईसीसी ‘प्लेअर अफ दि मन्थ’ को मनोनयनमा

 असोज २०, २०७८ बुधबार १७:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व क्रिकेट परिषद आईसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । उत्कृष्ट तीन खेलाडीको सूचीको मनोनयमा नेपालका सन्दीप लामिछाने, अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद रहेका छन् ।

सन्दीपले विश्वकप लिग दुईका ६ वटा खेलमा १८ विकेट लिएका थिए । गएको महिना पपुवा न्युगिनीसँग भएको खेलमा सन्दिपले ११ रन दिएर ६ विकेट लिएका थिए । यस्तै बंगलादेशका अहमदले न्युजिल्याण्डसँगको टी–ट्वेण्टीमा र अमेरिकाका मलहोत्राले विश्वकप लिग दुईमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

खेलाडीलाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिन्छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया