ईपीएल क्रिकेट : भैरहवा क्वालिफायरमा, काठमाण्डौ बाहिरियो

 असोज २०, २०७८ बुधबार १७:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलिमिनेटरमा काठमाण्डौ किंग्स इलाभेनलाई १६ रनले हराउँदै भैरहवा ग्लाडियटर्स प्ले क्वालिफायरमा पुगेको छ । आज भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाण्डौले ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो ।

काठमाण्डौका लागि श्रीलंकाका खेलाडी असन प्रियञ्जनले ६८ रन बनाए । बलिङतर्फ भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए । आज विजयी भएको भैरहवाले फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाण्डौ भने प्रतियोगिताबाट बाहिरिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया