मुख्यमन्त्री राउतलाई दुई तिहाइकाे समर्थन

 असोज २०, २०७८ बुधबार १९:१६:५० | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

महाेत्तरी - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे । 

प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासकाे मत लिनुभएको हो । 

उहाँलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् । उहाँको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा एक सय जना सांसद सहभागी भएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया