ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

 असोज २१, २०७८ बिहिबार ८:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्ने माैका पाएको हो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया