भैरहवालाई हराउँदै पोखरा ईपीएल क्रिकेटको फाइनलमा

 असोज २१, २०७८ बिहिबार १६:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखरा राइनोज चाैथाे संस्करणकाे एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज बिहीवार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले हराउँदै पोखरा उपाधि नजिक पुगेकाे हो ।

आज त्रिवि क्रिकेट मैदानमा भैरहवाले दिएको एक सय २० रनको सामान्य लक्ष्य पोखराले मात्रै तीन विकेट गुमाएर आठ बल अगाडि नै भेटायो । पाेखराका लागि शान अराछिगेले अविजित ५३ रन र विपिन रावलले ४० रन बनाए । बलिङतर्फ भैरहवाका भुवन कार्कीले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर एक सय १९ रन बनायो  । उसका लागि शरद भेषवाकरले अविजित ३२ र आरिफ शेखले २७ रन बनाए । बलिङतर्फ शान अराछिगे र किशोर महतोले दुई/दुई विकेट लिए । \

पोखराले अब उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ । फाइनल खेल पर्सि शनिवार दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।  

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयाेजकले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया