आईपीएलमा पञ्जाबले चेन्नईलाई हरायाे

 असोज २१, २०७८ बिहिबार १९:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

यूएईको दुबईमा चेन्नईले दिएको एक सय ३५ रनको लक्ष्य पञ्जाबले चार विकेट गुमाएर ४२ बलअघि नै भेटायो । पञ्जाबका के एल राहुलले अविजित ९८ रन बनाए । बलिङतर्फ चेन्नईका शार्दूल ठाकुरले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले ६ विकेट गुमाएर एक सय ३४ रन बनायो । उसका लागि फाप डु प्लेसिसले ७६ रन बनाए । बलिङतर्फ पञ्जाबका अर्शदीप सिंह र क्रिस जाेर्डनले दुई–दुई विकेट लिए ।

जितसँगै पञ्जाबले तालिकामा १२ अङ्क बनाएको छ । तर पञ्जाबको अघिल्लो चरणको यात्रा लगभग सकिएको छ । चेन्नई भने १८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया