आईपीएलमा कोलकाताले  राजस्थानलाई ८६ रनले हरायो

 असोज २२, २०७८ शुक्रबार ७:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिवम् डुबेले १८ रन बनाए ।

कोलकाताका शिवम्  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकाताका शुवमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए । राजस्थानका क्रिस मोरिस, चेतन शाकरिया, राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए । हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया