ईपीएल : उपाधिका लागि चितवन र पोखरा खेल्दै

 असोज २३, २०७८ शनिबार ८:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।

खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो ।

पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्।

यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेलेकोमा दुवैमा चितवन विजयी भएको थियो।

ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया