मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेकाेमा दु:ख लागेको छ : प्रधानमन्त्री देउवा

 असोज २३, २०७८ शनिबार ११:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ ।

बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो ।

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दु:ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया