ईपीएल क्रिकेटको उपाधिका लागि चितवनले पायो १ सय १२ रनको लक्ष्य

 असोज २३, २०७८ शनिबार १४:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा  सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया