काठमाण्डौबाट बाहिरिने मुख्य नाकामा जाम, बिहानैदेखि गाडी र यात्रुको भीड

 असोज २६, २०७८ मंगलबार १२:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम छ ।

काठमाण्डौ उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको सङ्ख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको छ ।

आज फूलपातीदेखि दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको सङ्ख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड थेगिनसक्नु छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ ।

दशैँका बेला गाउँ घर जाने यात्रुले सधैँ सकसपूर्ण यात्रा गर्नु पर्ने अवस्था छ । मध्यम तथा छोटो दूरीका गाडीमा क्षमताभन्दा धेरै यात्रु चढाउने  गरिएकाले यात्रा झन् कष्टकर बन्ने गरेको छ । यसपालि बेलैमा सडक मर्मत हुन नपाउँदा सास्ती झन् थपिएको छ ।

गएको २४ घण्टामा झण्डै ८३ हजार यात्रुले काठमाण्डौ छोडेका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ । गएको ११ गतेदेखि अहिलेसम्म झण्डै सात लाख यात्रुले काठमाण्डौ छोडेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । घटस्थापनादेखिको हिसाब गर्दा अहिलेसम्म ८ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया