बङ्गलादेशसँग तीन अङ्कका लागि खेल्नेछाैँ : सहायक प्रशिक्षक श्रेष्ठ

 असोज २६, २०७८ मंगलबार १९:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैमा – माल्दिभ्समा भइरहेको १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ । सुरुवाती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम आठ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो । भारतसँग गएकाे आइतवार एक–शून्यले पराजित भएसँगै साफ च्याम्पियनशिपमा शीर्ष दुईमा उक्लिन चार देशबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ । 

साफ च्याम्पियनशिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम आठ मिनेट सम्हालिन नसक्दा एक खेलअघि नै फाइनल पुग्ने लक्ष्य अधुरै रह्यो । नेपाली मूलका खेलाडी सुनील क्षेत्रीले नेपालको पोस्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो ।

साफ च्याम्पियनशिपमा २८ वर्ष लामो सङ्घर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको थियो । यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ । प्रतिस्पर्धा गर्ने चारै टोलीलाई सुखद नतिजाले अघिल्लो चरणकाे सम्भावना छ ।

भाेलि बुधवार हुने बङ्गलादेशसँगको खेलमा नेपाली टोलीकाे फाइनल पुग्ने लक्ष्य भएको भन्दै जितका लागि खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।

अब लिगको अन्तिम खेलको नतिजाले आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बङ्गलादेशको टुङ्गो लाग्ने छ । 

त्यही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको छ । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीन/तीन खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनशिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ ।

नेपाली टोलीका दोस्रो रोजाइका गोलकिपर विशाल श्रेष्ठले नयाँ इतिहास रच्नका लागि नेपाली टोली आतुर भएको भन्दै उच्च मनोबल बनाएर स्पष्ट जितका लागि खेल्ने बताए ।

अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बङ्गलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल सात अङ्क जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली नाै अङ्क जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए चार अङ्क जोडेको बङ्गलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बङ्गलादेश फाइनल पुग्ने छ ।

यस्तै आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बिदा हुनेछ । पाँच अङ्क जोडेको भारत बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिनेछ । यही अवस्था आयोजक माल्दिभ्सलाई पनि हुनेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया