सिराहमा चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुस २, २०८१ मंगलबार
मुगु – मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्याइएकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । अहिले ११ जनाकाे उपचार चलिरहेकाे उहाँले बताउनुभयाे ।
मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोली विहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बस भीरबाट निकै तल खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।