आईपीएल : दोस्रो क्वालिफायरमा दुई पटकको च्याम्पियन कोलकाता र दिल्ली खेल्दै

 असोज २७, २०७८ बुधबार १६:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटअन्तर्गत दोस्रो क्वालिफायरमा आज बुधवार दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । आज राति पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा यी दुई टोली खेल्न लागेका हुन् ।

कोलकाताले पछिल्लो चारमध्ये तीन खेल जितेको छ । कोलकाताले पछिल्लो खेल (एलिमिनेटर) मा रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको थियो । 

यता लिग राउन्डमा राम्रो प्रदर्शन गरेको दिल्ली पछिल्लो दुई खेलमा भने खासै राम्रो गर्न सकेको छैन । लिगको राउन्डको अन्तिम खेलमा बेङ्गलोरसँग हारेको दिल्ली पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्ग्ससँग हार्न पुग्यो ।

आजको दोस्रो क्वालिफायरमा हार्ने टोलीको यस संस्करण समाप्त हुनेछ भने जित्ने टोलीले यही अक्टोबर १५ मा फाइनल खेल चेन्नईसँग खेल्नेछ । 

यी दुई टोलीबीच अहिलेसम्म ३० खेल भएकोमा कोलकाता १५ खेलमा विजयी हुँदा दिल्ली १४ खेलमा विजयी भएको छ । एक खेल भने विना नतिजा सकिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया