इतिहास रच्दै नेपाल साफ च्याम्पियनशिपकाे फाइनलमा

 असोज २७, २०७८ बुधबार १८:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे । 

आज बुधवार मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे । याेसँगै नेपालले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे । सन् १९९३ देखि सुरु भएकाे साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलाे पटक फाइनलमा पुग्याे । 

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । 

खेलको ७९ औँ मिनेटमा गाेलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनकाे ठाउँमा अशरफुल राना आएका थिए । 

आजकाे जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेकाे हाे । चार खेल खेलेकाे नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेकाे हाे । फाइनलमा पुग्न नेपाललाई आजकाे खेलमा कम्तीमा पनि बराबरीकाे नतिजा चाहिएकाे थियाे । 

आज हारेकाे बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियाेगिताबाटै बाहिरिएकाे छ । अब नेपालले फाइनलमा आज नै हुने अर्काे खेल (भारत र माल्दिभ्स) काे विजेतासँग खेल्नेछ ।  

राेहितले गरे विराजकाे बराबरी

यसैबीच आजकाे खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । आजकाे खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।

राेहितकाे यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा राेहितलाई उनकाे कीर्तिमानलाई उछिन्ने माैका छ । 

नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया