दिल्लीलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

 असोज २८, २०७८ बिहिबार ७:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको  फाइनलमा प्रवेश गरेको छ ।

यूएईको सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए ।  यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया