कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त : अङ्ग्रेजी, ग...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - आज अक्टोबर महिनाको दोस्रो बिहीवार, विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । विश्वमा आर्थिक रुपमा विपन्न र न्यून आयस्रोत भएका परिवारमा दृष्टिविहीनको सङ्ख्या धेरै रहेको पाइएको छ ।
कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत दृष्टिविहीनहरु विकासशील तथा अल्पविकसित देशका रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार ८० प्रतिशत दृष्टिदोषलाई उपचारबाट निको पार्न सकिन्छ । तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ ।
नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमीले गर्दा दृष्टिविहीनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगको कारण हुने अन्धोपन, जलबिन्दु, रेटिना सम्बन्धी समस्याहरु बढ्दै गएको डाक्टरले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।