त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
नवलपरासी – राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ ठाउँमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।
यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीवाससम्म एकतर्फी कालोपत्र पुर्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पुल र कल्भर्ट रहेका ठाउँबाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको हो ।
पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग झण्डै तीन किलोमिटर रहेको भन्दै उहाँले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताउनुभयो ।
दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने झण्डै ६४ किलोमिटर सडक कालोपत्र भएको उहाँको भनाइ छ ।
अब २२ किलोमिटर सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताउनुभयो । अहिलेसम्म सडकको भौतिक प्रगति आधाभन्दा बढी अर्थात ५३ दशमलव ३ प्रतिशत काम सम्पन्न भएकाे भन्दै उहाँले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताउनुभयो ।
वि.सं.२०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच वि.सं.२०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएकामा आउने वर्षको साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।