तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड

 असोज २८, २०७८ बिहीबार ११:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । 

आज बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाण्डौको हनुमानढोका दरबारमा रहेकाे तलेजु भगवतीको मन्दिर वर्षको एकदिन आज महानवमीको दिन मात्रै खुल्ला हुन्छ ।

विजया दशमीको अवसरमा खुल्ला गरिने तलेजु मन्दिरमा आजको दिन लामबद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाआराधना गर्न दिइने बताइएको छ ।

कोरोना महामारीको जोखिमका कारण गएकाे वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुल्ला नगरिएको तलेजु भगवतीको मन्दिर यस वर्ष भने स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर खुल्ला गरिएको हो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया