काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ । बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो ।
यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ । भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमी रहेका छन् ।
त्यस्तै वैकल्पिक खेलाडीमा अक्षर पटेलसँगै श्रेयस अय्यर र दीपक चाहर रहेका छन् । साथै भारतीय टोलीको मदतका लागि अवेश खान, उमरान मलिक, हर्षल पटेल, लुकमान मेरीवाला, वेङ्कटेश अय्यर, कर्ण शर्मा, शाहबाज अहमद र कृष्णप्पा गौतमा यूएईमै रहनेछन् ।
कोरोना महामारीका कारण भारतबाट सरेको विश्व कप यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।