काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या १३ हजारमा झर्‍याे, थप ४ सय ५५ जनामा काेराेना पुष्टि

 असोज २८, २०७८ बिहिबार १६:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ सय चार जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार आठ सय ५३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

याेसँगै नेपालमा अहिलेसम्म सात लाख ७९ हजार एक सय ५४ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप चार सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ६ हजार दुई सय १४ जनाको परीक्षण गर्दा चार सय ५५ जनामा सङ्क्रमण देखिएको हो ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये सात दशमलव ३२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । आज थपिएकासहित अहिलेसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ९७ हजार पाँच सय ८९ पुगेको छ ।

यही अवधिमा आठ जना सङ्क्रमितको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार सात सय ८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ८३ लाख ८८ हजार चार सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६९ हजार एक सय ५९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया