कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त : अङ्ग्रेजी, ग...
माघ २२, २०८१ मंगलबार
सिन्धुपाल्चाेक – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नयाँ पुस्ताकाे उत्साह र जाँगरलाई खेर जान नदिने बताउनुभएकाे छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवम् विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा आज बिहीवार पुग्नुभएका सभामुख सापकोटाले यस्ताे बताउनुभएकाे हाे ।
खेल मैदानसहित सुविधा सम्पन्न दुई तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट २० लाख, वाग्मती प्रदेश सरकारबाट ३० लाख र गाउँपालिकाबाट पाँच लाखसहित ५५ लाख रुपैयाँमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा बाेल्दै उहाँले कसैको दबाबमा परेर देश र नागरिककाे हित विपरीत काम नगर्ने बताउनुभयाे । सभामुख सापकोटाले दुई वर्षयता देशले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतारचढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।