साफ च्याम्पियनसिपको उपाधि जितेमा नेपाली फुटबलमा ठूलो परिवर्तन आउन सक्छ : रोहित चन्द

 असोज २९, २०७८ शुक्रबार ९:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले नेपालले साफ च्याम्पियनसिपको उपाधि जितेमा नेपाली फुटबलमा ठूलो परिवर्तन आउने बताएका छन्।

बङ्गलादेशसँग बराबरी भएको खेलमा म्यान अफ द म्याच बनेका रोहितले अहिले नै नेपाली टोली धेरै परिपक्व भइसकेको र उपाधि जितेमा यसले झन् धेरै जोस र उर्जा भर्ने बताए । फाइनलमा भारतलाई हराउन सके नेपाली टोलीको मनोबल झनै बढ्ने रोहितको भनाइ छ ।

सन् २००९ देखि साफमा खेल्दै आएका रोहितको यो छैटौँ साफ प्रतियोगिता हो । साफ च्याम्पियनसिपको फाइनलमा भोलि नेपालले भारतसँग खेल्दैछ । अस्ति बङ्गलादेशसँग बराबरी खेल्दै पहिलो पटक फाइनलमा पुगेको नेपालले उपाधि जितेमा अर्को इतिहास रच्नेछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया