गृहले गर्‍याे प्रजिअसहित सह र उपसचिवको सरुवा

 कात्तिक १, २०७८ सोमबार ८:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले पाँच प्रजिअसहित १२ कर्मचारीको सरुवा गरेको हो । 

मन्त्रालयले पाँच जिल्लाका प्रजिअमध्ये तीनलाई गृह मन्त्रालय एकलाई विपद् व्यवस्थापन विभाग र एकलाई प्रजिअकै रुपमा अर्काे जिल्ला काज सरुवा गरेकाे छ । निर्णय अनुसार डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा ल्याइएको छ ।

यसैगरी मन्त्रालय तथा विमाग अन्तर्गतका सात जना सहसचिव तथा उप सचिवलाई विभिन्न जिल्लाकाे प्रजिअकाे जिम्मेवारी दिएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया