पर्सि बुधबारसम्म नै पानी पर्ने सम्भावना

 कात्तिक १, २०७८ सोमबार ११:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा गएराति ठूलो पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत रहन उहाँको आग्रह छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ । पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया