महोत्तरीमा बोक्सीको आरोपमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

 कात्तिक १, २०७८ सोमबार १४:५९:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – भाउजूकाे हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज साेमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बाेक्सीकाे आराेपमा गएकाे बिहीवार भाउजू शिलादेवी झाकाे हत्या गरेका थिए । 

मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो ।

एकल महिला शिलादेवीकाे बाेक्सीको आरोपमा देवर संजयले हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अचार्यले बताउनुभयाे । एसपी अचार्यका अनुसार आफ्नी श्रीमती रिंकुलाई टुनामुना गरेको अन्धविश्वासमा परि संजयले भाउजू शिलादेवीको हत्या गरेका हुन् । 

जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका संजय गएकाे बुधवार राति साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजूकाे हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूकाे हत्या गरी संजय बिहानै साइकलमै जनकपुर फर्किएको प्रहरीको अनुसन्धानले देखाएकाे छ ।

प्रहरीले अनुसन्धानका क्रममा पाएको जानकारीअनुसार शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकुको गर्भ तुहिएको थियो । त्यसपछि मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक भएको थिएन । पछि बोक्सी नै रहेको भन्दै संजयले भाउजूको हत्या गरेका थिए ।  

अन्तिम अपडेट: चैत २३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया