माओवादी केन्द्रको सम्मेलनसम्बन्धी तालिका हेरफेर, १ सय ४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय

 कात्तिक २, २०७८ मंगलबार ११:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो ।

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको छ । टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँले १ सय ४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग र १ सय ७५ जनाको विशेष समिति बनाएको जानकारी दिनुभयो । माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक पर्सि बिहीबार बिहान बस्ने प्रवक्ता महराले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया