अमेरिकी सामानमा १५ प्रतिशतसम्म थप कर लगाउने चीनको घोषणा
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नवनियुक्त मन्त्री र कार्यालयका कर्मचारीहरू दशैँ मान्न जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैँ बिदा सकिएर सरकारी कार्यालयहरू खुले पनि सिंहदरबार आफ्नो लयमा फर्किन सकेको छैन । झन्डै दशैँ सकिन लाग्दा समेत सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरूको उपस्थिति कम भएकाले सिंहदरबार सुनसान बनेको छ ।
प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पुग्नै लाग्दा गएकाे असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो । उसै पनि मन्त्रालयमा मन्त्री नहुँदा र मन्त्रीको अनुपस्थितिमा काम हुन नसक्दा मन्त्रीलाई भेट्न जाने राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भिड तीन महिना अघिदेखि नै शून्य प्रायः थियो ।
असोज २२ गते मन्त्रिपरिषद् विस्तार भएसँगै सिंहदरबारमा चहलपहल बढ्नुको सट्टा चहलपहल घट्दै गइरहेको थियो । किनकि दशैँ सुरु भइसकेको अवस्था थियो । मन्त्री नियुक्त हुनासाथ मन्त्रीहरू मन्त्रालयबाहिर नै दशैँको शुभकामना आदानप्रदानमा व्यस्त देखिन्थे भने कतिपय मन्त्री त कार्यभार सम्हालेलगत्तै आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकाले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारीहरू त्यत्ति देखिन सकेका छैनन् । यसले पनि सिंहदरबार सुनसान हुन पुगेको हो ।
आज मङ्गलवार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ । भाेलि बुधवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिक रूपमा सकिने भए पनि सरकारी कामकाज सुरु भइसक्दा पनि दशैँ बिदामा गएका कर्मचारीहरू फर्किइसकेको अवस्था छैन भने मन्त्रीहरू पनि अझै शुभकामना आदानप्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भिड घटेको हो ।
अहिले मन्त्रालयमा सीमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो दुई दिनदेखि देशभर वर्षा हुँदा कतिपय जिल्लामा सडक बिग्रिएका कारण काठमाण्डाै फर्किनेहरू सहजै, समयमै आउन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरूको सङ्ख्या घटेकाे छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले सीमित मानिसहरू मात्रै देख्न सकिन्छ ।
आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयकाे अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीको सङ्ख्या न्यून मात्रामा देखियो भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थित रहेको पाइयो ।
यसरी लामो समयपछि सिंहदरबारले सबै मन्त्री पाउँदासमेत सेवाग्राही र राजनीतिक दलका नेता, कार्यकर्ताहरू सिंहदरबार प्रवेश गर्न पाएका छैनन् भने मन्त्रालयहरूले मन्त्री पाएसँगै पर्व सुरु भएपछि महत्त्वपूर्ण कामसमेत गर्न सकिरहेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।