टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई २६ रनले हरायो

 कात्तिक ३, २०७८ बुधबार ७:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा भएको खेलमा घरेलु टोलीलाई २६ रनले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।

बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय पारी खेले । ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए । पहिलो चरणको समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।

ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले पनि २ खेलमा २ अंक जोडेको छ । हिजो भएको पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले हराउँदै दोस्रो जित निकालेको छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया