च्याम्पियन्स लिग : मेस्सीले २ गोल गरेको खेलमा पीएसजीले आरबी लाइपजिगलाई हरायो

 कात्तिक ३, २०७८ बुधबार ९:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरबी लाइपजिगलाई ३–२ ले हराएको छ । पीएसजीका लागि अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले २ तथा किलीयन एमबाप्पेले एक गोल गरे ।

एमबाप्पले खेलको नवौं मिनेटमा गोल गरेका थिए । तर २८ औं मिनेटमा लाइपजिगका आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा लाइपजिगका नोर्दिक मुकिएलेले गोल गरी अग्रता बनाए । तर ६७ औं मिनेटमा मेस्सीले गोल गरी खेलमा बराबर गरे । त्यस्तै ७४ औं मिनेटमा पीएसजीले पेनाल्टी पायो । पेनाल्टीमा मेस्सीले थप गोल गरेका थिए । पीएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी पाएको थियो । तर एमबाप्पेले गोल गर्न सकेनन् । जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा छ । उसको ३ खेलमा ७ अंक छ ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५–१ ले हरायो । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइपजिग ३ खेलमा अंक विहीन छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया