च्याम्पियन्स लिगमा लिभरपुलले एट्लेटिकोलाई ३–२ ले हरायो

 कात्तिक ३, २०७८ बुधबार ९:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । लिभरपुलले १० खेलाडीमा सीमित एट्लेटिकोलाई हराएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरे । दोस्रो हाफको ५२ औं मिनेटमा ग्रिजमनले रोबर्टो फिर्मिनोलाई फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितपछि समूह ‘बी’ मा अपराजित लिभरपुलको ३ खेलबाट ९ अंक भएको छ ।

एट्लेटिको ४ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ को अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन क्लब एसी मिलानलाई १–० ले हराएको छ । पोर्टोका लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पोर्टो ४ अंक जोडेर तेस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया