च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ड आयाक्ससँग ४–० ले पराजित

 कात्तिक ३, २०७८ बुधबार ११:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ड आयाक्ससँग पराजित भएको छ । डर्टमुन्डलाई आयाक्सले ४–० ले हराएको हो ।

आयाक्सको जितमा डाले ब्लिन्ड, एन्टोनी र सेवास्टिन हालेरले गोल गरे । डर्टमुन्डका मार्को रिउसले एक आत्मघाती गोल गरे । समूह ‘सी’ मा अपराजित रहेको आयाक्स ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । डर्टमुन्ड ६ अंकसहित दोस्रो स्थानमा छ ।

समूह ‘सी’ को अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले बेसिक्टासलाई ४–१ ले पराजित गरेको छ । स्पोर्टिङको जितमा सेवास्टिन कोआटेसले दुई तथा पाब्लो साराविया र पाउलिन्होले समान एक गोल गरे । घरेलु टोली बेसिक्टासका लारिनले एक गोल फर्काए । स्पोर्टिङ ३ अंक जोडेर तेस्रो स्थानमा छ । अंकविहीन बेसिक्टास पुछारमा छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया