पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
हुम्ला – हुम्लामा पहिरोमा पुरिएका ६ जनाकै ज्यान गएको छ । पहिरोले खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँका धनवीरे शाहीको घर पुरिँदा उहाँसहित ६ जनाको ज्यान गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोमा ७० वर्षीय धनवीरेसहित उहाँकी ४० वर्षकी छोरी आशा शाही, ५५ वर्षका ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र, ५ वर्षीय हुमेश र तीन वर्षीय जसबहादुरको ज्यान गएको छ ।
हिजो नै पहिरोले घर पुरिए पनि आज बिहान खोजीकार्य थालिएको थियो । हिजो राति भएकाले खोजीकार्य सुरु हुन सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।