थप ६ सय ६२ जनामा काेराेना सङ्क्रमण, ७ सय ५८ जना निकाे

 कात्तिक ३, २०७८ बुधबार १७:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार चार सय २६ जनाको नमुना परीक्षण गर्दा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण भएका नमुनामध्ये सात दशमलव ८५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । हिजो १० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा आज सङ्क्रमण दर केही घटेको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार ६ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा सात सय ५८ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार एक सय ५५ पुगेको छ । 

यही अवधिमा १३ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय १८ पुगेको छ । अहिले नेपालमा ११ हजार पाँच सय ७९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ७६ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा नौ हजार आठ सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कम्तीमा पहिलो मात्रा खोप लगाउने मानिसको सङ्ख्या एक करोड ५० लाख ५८ हजार ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ६४ लाख ८९ हजार आठ सय २८ जनाले पूर्ण मात्रा र ८५ लाख ६८ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।   

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया