पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले गएकाे तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
आज बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन प्राधिकरणकाे बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधवार मध्याह्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर ज्यान गएकाे बताउँदै तत्काल राहतका लागि सरकार लागिपर्ने बताउनुभयो ।
उहाँले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुःखद भएको बताउँदै सबै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएकाे ठाउँमा आफैँ जाने बताउनुभएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।
बैठकमा तत्काल घटना भएका ठाउँमा विभिन्न टाेली बनाएर तत्काल बास र गाँसको व्यवस्था मिलाउने र क्षतिको विवरण निकालेलगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताउनुभयो । उहाँले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरूलाई तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो ।
कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्राेत, साधन नभएकाले धेरै क्षति भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।