बाढी–पहिरोमा ज्यान गुमाएका र घर भत्किएका परिवारलाई राहत दिने निर्णय

घाइतेको निःशुल्क उपचार हुने, प्रभावितले जमिन किन्न र घर बनाउन पैसा पाउने

 कात्तिक ३, २०७८ बुधबार १७:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोमा एक जना गुमाएका परिवारलाई दुई लाख र एक जनाभन्दा धेरै गुमाउनेलाई प्रति मृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । मृतकको काजकिरियामा समस्या नहोस् र गाँस–बासको जोहो गर्न सहज होस् भनेर राहतको घोषणा गरिएको गृह मन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो ।

यस्तै बाढी, पहिरोमा परि घाइते भएकाहरूको निशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारले बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गर्ने निर्णय गरेको पनि मन्त्री खाणले जानकारी दिनुभयो ।

यसैबीच सरकारले बाढी, पहिरोमा जमिन र घर गुमाएकालाई पनि राहत दिने भएको छ । गृह मन्त्री खाणका अनुसार पहिरोले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिनेछ ।

यस्तै निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख, पहाडमा चार लाख र तराईमा पाँच लाख रुपैयाँ दिने सरकारी मापदण्डअनुसारको रकम दिइनेछ । यस्तै जग्गा खरिद गर्न तीन लाख रुपैयाँ दिने निर्णय भएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया