पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ८२ जनाको ज्यान गएको पुष्टि भएको छ । गृह मन्त्रालयले ८२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।
सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई/दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा अझै २६ जना हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । यस्तै, बाढी पहिरोबाट ३० वटा घर पूर्ण रुपमा भत्किएका छन् । सरकारी संरचनामा भएका क्षतिबारे भने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।
पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ-ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।
उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खबर आउनासाथ हेलिकप्टर उद्धारमा खटिने विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । उहाँले कुनै समस्या परे गृह मन्त्रालयको ९८५११४०००५ नम्बरमा फोन गर्न पनि आग्रह गर्नु भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।