प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रकाे अवलोकन गर्न सुदूरपश्चिमतर्फ

 कात्तिक ४, २०७८ बिहीबार १०:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि सुदूरपश्चिम जानु भएको छ ।

बिहान सेनाको हेलिकप्टरमार्फत काठमाण्डौबाट सुर्खेत हुँदै उहाँ सुदूरपश्चिम जानु भएको हो ।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवाले दिपायलमा रहेको सैनिक ब्यारेकमा बिफ्रिङ लिनु हुनेछ । त्यसपछि उहाँले बझाङको थलारा र चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुर महेन्द्रनगरको अवलोकन गर्नुहुनेछ ।

उहाँले दोधारा–चाँदनी हुँदै कैलालीको धनगढीको पनि अवलोकन गर्ने तालिका छ । उहाँ भोलि काठमाण्डौ फर्कने कार्यक्रम छ । 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया