स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

 कात्तिक ४, २०७८ बिहीबार १३:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले भक्तपुरको लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भइ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुनलाई ८० लाख रुपैयाँसहित गएराति पक्राउ गरेको हो।

पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिइएको र उनको कोठा खानतलासी गर्दा थप ५० लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया