वाग्मती प्रदेश सभा बैठक केहीबेरमा बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची

 कात्तिक ४, २०७८ बिहिबार १४:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक अहिले दिउँसाे ३ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ । 

नेकपा एमालेले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेश सभा बैठक यही कात्तिक ११ गतेसम्मका लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूची छ । 

यस प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया