सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते

 कात्तिक ४, २०७८ बिहिबार १५:५:३५ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । 

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा ४० वर्षका शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई छुटाउन जाँदा उहाँकी श्रीमती सन्तोषी साह, भाउजू राजकुमारी साह र भतिजा रक्षित साहलाई पनि करेन्ट लागेको हो । 

करेन्ट लागेर घाइते सबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । घरको छतमा रहेको होर्डिङ बोर्ड हावाले झारेपछि बिजुलीको तारमा छोइएको थियो । होर्डिङ बोर्ड हटाउन जाँदा साहलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया