नेपाल फिफा वरीयतामा एक स्थान तल झर्‍याे

 कात्तिक ४, २०७८ बिहिबार १७:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरीयतामा एक स्थान तल झरेकाे छ । 

फिफाले आज बिहीवार जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ६९ औँ स्थानमा रहेको छ । यसअघि गएकाे भदौ ३१ गतेकाे वरीयतामा नेपाल एक सय ६८ औँ स्थानमा रहेको थियो ।

भर्खरै माल्दिभ्समा भएकाे साफ च्याम्पियनशिपकाे उपविजेता बनेकाे नेपालकाे वरीयता घटेकाे हाे । 

साफमा विजेता बनेकाे भारत दक्षिण एसियामा पहिलाे नम्बरमै छ । विश्वव्यापी वरीयतामा भारत नेपालभन्दा अघि १ सय ६ औँ स्थानमा छ । त्यस्तै माल्दिभ्स एक सय ५६ औँ स्थानमा छ ।

नेपालभन्दा तल रहेकाे भुटान एक सय ८६ औँ, बङ्गलादेश एक सय ८७ औँ, पाकिस्तान एक सय ९७ औँ र श्रीलङ्का दुई सय ४ औँ स्थानमा छ । 

यस्तै फिफाकाे विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटली चौथो र इङ्गल्यान्ड पाँचाैँ स्थानमा रहेकाे छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया