टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

 कात्तिक ५, २०७८ शुक्रबार ९:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

दुवै खेल सारजाह क्रिकेट स्टेडियममा हुनेछ ।  पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको आजको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने चार बजे खेल्ने छ ।

चार टोली रहेको यस समूहमा श्रीलङ्काले दुई खेल जित्दै 'सुपर १२' को यात्रा सुनिश्चित गरिसकेकाले आयरल्यान्ड र नामिबिया दुवैलाई आजको खेल जित्नै पर्ने दबाब छ । यस्तै, आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे श्रीलङ्का र नेदरल्यान्ड्स खेल्ने छन् ।

श्रीलङ्का 'सुपर १२' मा पुगिसकेको छ भने नेदरल्यान्ड्स प्रतियोगिताबाटै बाहिरिसकेको छ ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया